आ.व.२०७९/८० मा कृषकस्तरबाट उत्पादित काँचो कफीको न्युनतम सहमत मूल्य

  कफीको न्यूनतम सहमत मूल्य निर्ध्रारण

२०७९ मंसिर १ गते देखि लागु हुने गरी

आ.व. २०७९/०८० मा कृषकस्तरमा उत्पादित काँचो कफीको न्यूनतम सहमत मूल्य तपशिल अनुसार कायम गरिएको छ।

फ्रेस चेरी कफी: कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम सहमत मूल्य तपसिल अनुसार कायम गरिएको छ।

ग्रेड A रू ९५।- प्रति केजी (नोटः- ८00 मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलार्इ ग्रेड A मानिने छ ।)

ग्रेड B रू ८५।- प्रति केजी (नोटः- ग्रेड A मा नपरेका अन्य कफीलार्इ ग्रेड B मानिनेछ ।)

 

पार्चमेन्ट कफी: चिसो प्रसोधन विधि अन्तर्गत प्रसोधन गरि तयार गरिएको ११% चिस्यान भएको पार्चमेन्ट कफीको न्यूनतम सहमत मूल्य तपशील बमोजिम कायम गरिएको छ।

ग्रेड A रू ४७५।- प्रति केजी (नोटः- ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११% चिस्यान भएको कफी पार्चमेन्टलार्इ ग्रेड A मानिनेछ ।)

ग्रेड B रू ४२०।- प्रति केजी (नोटः- ग्रेड B गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलार्इ ग्रेड B मानिनेछ ।)

 

ड्राइ चेरी कफी: चिसो प्रसोधन विधिबाट प्रसोधन गर्न नसकिएको कफी चेरीलार्इ घाम वा अन्य कुनै माध्यमबाट सुकाएर ११% चिस्यान भएको ड्रार्इ चेरी कफीको न्यूनतम सहमत मूल्य तपशील अनुसार कायम गरिएको छ।

ग्रेड A रू १७०।- प्रति केजी (नोटः ग्रेड A गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड A मानिनेछ ।)

ग्रेड B रू ११५।- प्रति केजी (नोटः ग्रेड B गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलार्इ ग्रेड B मानिनेछ ।)

Image